म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

काठमाडौं । म्यानचेस्टर सिटी ईङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

मंगलबार ब्रेन्टफोर्डलाई १–० गोल अन्तरले हराउँदै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको हो । सिटीको जितमा खेलको ७१ औं मिनेटमा एर्लिङ हालान्डले विजयी गोल गरे । उनले जुलियर अल्भारेजको पासलाई सदुपयोग गर्दै सिटीलाई जित दिलाएका हुन् ।

सिटीले शीर्ष स्थानको लिभरपुलसँगको दुरी एक अंकमा झारेका छ । र तेस्रो स्थानको आर्सनलसँग एक अंकको अग्रता लिन सफल भएको छ ।

ब्रेन्टफोर्ड २५ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर