कांग्रेस महासमिति बैठक आज पनि जारी

काठमाडौं ।  नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ । आजको बैठकमा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल सुरु हुनेछ ।

ललितपुरको गोदावरीमा सोमबार सुरु भएको बैठकमा हिजो उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलगायत पाँच जनाले विभिन्न पाँच प्रतिवेदन पेस गरेका छन् ।

हिजोको बैठकमा उपसभापति खड्काले नीति, महामन्त्रीद्वय थापा र शर्माले क्रमशः सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए । यस्तै, प्रवक्ता महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी र श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका थिए ।

आज ती प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार पहिलो समूहमा कर्णाली र मधेश प्रदेश, दोस्रो समूहमा कोशी र सुदूरपश्चिम, तेस्रो समूहमा बागमती र गण्डकी तथा चौथो समूहमा भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समिति रहने छन् । प्रत्येक समूहमा ८० जनाले छलफलमा धारणा राख्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर