कांग्रेस महासमिति बैठकमा पाँच वटा प्रतिवेदन पेस

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका छन् ।

त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन गरे ।
महासमिति बैठकमा आज पेस गरिएका प्रतिवेदनमा बुधबारदेखि छलफल हुनेछ। बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर