नेपाल ‘ए’ का सन्दीप जोराको अर्धशतक

काठमाडौं । क्यानडा–११ सँगको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ का सन्दीप जोराले अर्धशतक प्रहार गरेका छन्। दोस्रो खेलका कप्तानसमेत रहेका जोराले ६६ बलमा अर्धशतक प्रहार गरेका हुन्। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पााएको क्यानडाले ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो। २४१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपालले दुई विकेट गुमाएको छ।
प्रतिक्रिया