छोराको कुटाईबाट आमाको मृत्यु

काठमाडौं । धरान उपमहानगरपालिका–११ कुविर्ता चोककी रमनसरी राईको छोराको कुटाइबाट मृत्यु भएको छ । रमनसरीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिए ।

सोमबार साँझ मादक पदार्थ सेवन गरेका २९ वर्षीय दीपक राईले ४६ वर्षीय आमा रमनसरी राईलाई कुटपिट गरी घाइते बनाएको थियो । राई लागूऔषधकर्ता र मादक पदार्थ सेवन गर्ने भएकोले उक्त दिन पनि नशाको सुरमा कुटपिट गरेको र शरीरमा आन्तरिक दखल परी उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक मिश्रले बताए ।

उनका अनुसार राईलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी म्याद थप गर्न सुनसरी जिल्ला अदालत लगिएको छ । राई केही समय पहिले लागूऔषधमा पक्राउ परि छुटेको समेत इलाका प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर