निवेदन र ज्ञापनपत्र बुझाएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना नहुने : थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले निवेदन दिएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत् उनले भ्रष्ट शासकहरूसमक्ष निवेदन दिएर, ज्ञापनपत्र बुझाएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना नहुने बताएका हुन्। राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका पक्षधरहरुले संयुक्त रुपमा आन्दोलनमा उत्रिनुपर्ने उनको भनाइ छ।

‘भ्रष्ट शासकहरु समक्ष निवेदन दिएर, ज्ञापनपत्र बझाएर, अनुनय विनय गरेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुँदैन, हुनसक्दैन। गत १७ वर्ष हामीले त्यो अभ्यास गरिसकेका छौं।त्यो प्रयास काम लागेन। अन एक्लैएक्लै वा आ(आफ्नो ढंगबाट आन्दोलन गरौँ भन्नु प्रकारान्तरले भ्रष्ट व्यवस्थालाई निरन्तरता दिनु हो। राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको आन्दोलनलाई तुहाउने काम गर्छ। त्यसैले सबै राष्ट्रवादीहरुले एकठाउँमा उभिएर,एउटै मोर्चा बनाएर जानुपर्छ,अर्को विकल्प छैन’, उनले सामाजिक सञ्जालमा भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर