मानवताविरुद्ध अपराधको मुद्दामा सजाय घटाउन नहुने : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानवताविरुद्धको अपराधमा सजाय घटाउन नहुने बताएका छन् ।एमालेको केन्द्रीय कमिटीको बैठकको मंगलबार उद्घाटन सत्रमा उनले मानवताविरुद्धको अपराधको मुद्दामा सजाय घटाउन नहुने बताएका हुन् ।

स्वैच्छाचारी ढंगले मानवताविरुद्ध अपराधमा सजाय घटाउने कार्य भएको भन्दै उनले आपत्ति जनाए । द्वन्द्वकालीन मुद्दाका पीडितको पक्षमा आफूहरु रहेको भन्दै उनले पीडितलाई केन्द्रमा राखेर शान्तिप्रक्रिया टुंग्याउनुपर्ने बताए। आफू प्रधानमन्त्री हुँदा शान्तिप्रक्रिया टुंग्याउन खोज्दा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेको उनको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर