नेपाली कांग्रेस अब एक्लै चुनावमा होम्मिने

काठमाडौं ।  ससंदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भविष्यमा हुने कुनै पनि चुनावमा एक्लै होम्मिने भएका छन् । सोमबारदेखि सुरु भएको महासमितिको बैठकमा प्रस्तुत गरिने महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमा कांग्रेस एक्लै चुनाव लड्नुपर्ने कुरा उल्लेख गर्दै उक्त प्रतिवेदन बैठकमा मतदानका लागि लैजाने थापाले अडान राखेपछि सभापति शेरबहादुर देउवालगायत अन्य पदाधिकारी थापाको प्रस्तावमा सहमत भएपछि अब एउटै प्रस्ताव लैजाने भएको छ । बैठक लगत्तै सभापति देउवा उपसभापति पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे । देउवा र खड्काको कांग्रेस पार्टीभित्रको राजनीतिले गठबन्धनलाई कुनै असर नपर्ने आश्वासन प्रधानमन्त्रीलाई दिइएको थियो ।

देउवा र खड्काले प्रधानमन्त्रीसँग महामन्त्री थापाले अघि सारेको गठबन्धनका विषयमा आधा घन्टा छलफल गरेका छन्। चुनावअघि गठबन्धन गर्न नहुने अडानमा महामन्त्री थापा कायमै रहँदा गठबन्धन तोडिने डरले देउवा प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेको हो भन्ने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर