मौसम : पहाडी भू-भागमा बदली तथा हल्का वर्षाको सम्भावना

काठमाडौं ।  हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर