उपकुलपति नियुक्तिलाई लिएर ओलीको प्रचण्डमाथि प्रहार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असफलसिद्ध व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति दिन लागेको भन्दै घोर असन्तोष प्रकट गरेका छन् । उपकुलपति छनोटमा भागबन्डा नभई एकलौटी गर्ने नयाँ तरिकाअनुसार प्रधानमन्त्री प्रचण्डले असफलसिद्ध व्यक्तिलाई उपकुलपति बनाउन लागेको ओलीको तर्क थियो ।

काठमाडौंमा सोमवार आयोजित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडहरूको पाँचौँ राष्ट्रिय सहकारी भेलामा तीनजना जना असफलसिद्ध व्यक्तिलाई छनोट गरेर त्यमध्ये पनि टंकनाथ धमलालाई उपकुलपति नियुक्त गर्लान् भन्ने अनुमान आफ्नो रहेको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको छ । अध्यक्ष ओलीले वर्तमान सरकारले सत्ताका लागि जस्तोसुकै काम गर्न पनि पछि नपरेको पनि उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर