युक्रेन युद्ध रुसका लागि जीवनमरण : पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको युद्ध भूमिमा भएका घटना रुसका लागि ‘जीवन र मरणको विषय’ भएको बताएका छन्। क्रेमलिनले आफ्नो जनसङ्ख्यामा देशभक्तिको भावना जगाउनका लागि लगभग दुई वर्ष लामो द्वन्द्वलाई रुसको अस्तित्वको लडाइँको रूपमा पटक-पटक प्रस्तुत गर्दै आएको छ।
पुटिनले रुसी सरकारी टिभीसँगको अन्तर्वार्तामा भने, ‘मलाई लाग्छ अझै पनि हामी आफैँले र अझ बढी विदेशमा रहेका हाम्रा श्रोता र दर्शकहरूका लागि हाम्रो सोच्ने तरिका बुझ्न महत्वपूर्ण छ।’ ‘युक्रेनको मोर्चामा जे भइरहेको छ, उनीहरूका लागि यो उनीहरूको रणनीतिक स्थितिको सुधार हो। यो रूसका लागि जीवन र मृत्युको विषय पनि हो र भाग्य पनि हो,’ उनले भने।
पुटिनले अमेरिकी ‘टक शो’ प्रस्तोता टकर कार्लसनलाई दिएको दुई घण्टा लामो अन्तर्वार्ताको बारेमा सोधिएको प्रश्नको जवाफमा यस्तो बताएका हुन्। उक्त अन्तर्वार्तामा पुटिनले रुसी इतिहासबारे लामो कुराकानी गरेका थिए र युक्रेनको राज्यका बारेमा निरन्तर प्रश्न उठाएका थिए।