प्रहरी प्रभाग बलम्बुभित्रै गोली चलेको घटना छानबिन गर्न समिति गठन

काठमाडौं । प्रहरी प्रभाग बलम्बुभित्रै आइतबार दिउँसो ४ बजेतिर गोली चलेको घटना छानबिन गर्न समिति बनाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले डीएसपीको कमाण्डमा छानबिन समति समिति बनाएको हो। परिसरका एसएसपी भुपेन्द्र खत्रीका अनुसार परिसरका डीएसपी गंगा पौडेलेको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको छ। समितिमा इन्स्पेक्टर सुरेश भट्ट र अर्का एक जना सई छन्।

बलम्बु प्रभागका प्रहरी निरीक्षक इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट आइतबार दिउँसो गोली चलेको थियो। सो क्रमका बडीगार्ड प्रहरी जवान र अर्का एक जना सेवाग्राही घाइते भएका थिए। बडीगार्डको खुट्टामा चोट लागेको र सेवाग्राहीको खुट्टाको बुढीऔंलामा चोट लागेको थियो। दुवै जनाको अवस्था सामान्य रहेको छ। सेव्राग्राही आइतबार नै डिस्चार्ज भइसकेका छन् भने बडीगार्डको सतुंगलस्थित मिड प्वाइन्ट अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर