थाई एअरवेजका एक एअर स्टेवार्डले जब मुक्का खायो…

काठमाडौं । थाई एअरवेजको बैंककबाट इङ्ल्यान्डको हिथ्रोका लागि उडेको विमानमा एक यात्रुले एअर स्टेवार्ड (फ्लाइट अटेन्डेन्ट) लाई ट्वाइलेट तोडेर मुक्का हानेका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियो फ्रेब्रुअरी ७ तारिखको हो । ३५ वर्षीय यात्रुले एअर स्टेवार्डलाई यति कडा मुक्का हाने कि उनी विमानको भुइँमा लडेका थिए ।

यो घटनापछि विमानमा उपस्थित अन्य यात्रुले उनलाई हल्ला मच्चाइरहेको अवस्थामा रोक्न कोसिस गरेका थिए । नजिकैको सिटमा बसेकी एक महिलाले यो घटनाको भिडियो बनाए र अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । महिलाले भनिन्, “उनी ट्वाइलेटमा थिए र एक्कासि कराउन थाले। त्यसपछि उनले ढोका तोड्न खोजे । यसै क्रममा एक वृद्धले उनलाई शौचालयबाट बाहिर निकाल्न मद्दत गरे । बाहिर आएपछि विमान परिचरलाई कुटपिट गरेका थिए । मलाई लाग्छ उसको नाक भाँचियो ।”

यो घटनाबीच यात्रुलाई शान्त नभए क्रु मेम्बरले विमान दुबईतर्फ मोडिने चेतावनी दिइएको थियो । तर, विमान आफ्नो यात्रा जारी राख्न सक्षम भयो। ती महिलाले थप भनिन्, “दुईजना यात्रु उनको दुबै छेउमा बसे र उनलाई तल तान्दै थिए। उसले निकै नराम्रो व्यवहार गरिरहेको थियो । विमानमा मानिसहरु यता उता आवतजावत गरिरहेका थिए । उनीहरू आफ्ना छोराछोरीलाई पछाडितिर लैजाँदै थिए।

लण्डनमा अवतरण गरेपछि ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाइयो। विमान अवतरणपछि, एक ३६ वर्षीय व्यक्तिलाई फ्लाइट परिचरलाई शारीरिक हानि पुर्‍याएको र विमानलाई खतरामा पार्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। आरोपितलाई हाल हिरासतमा राखिएको उनले बताए । अर्का एक जनालाई उपचारका लागि अस्पताल लगिएको छ । वास्तवमा घटनाको प्रकृति हेर्दा कुटपिट गर्ने यात्रुले आफू ट्वाइलेटभित्र थुनिन सक्ने आशंकामा बाहिर आई फ्लाइट अटेन्डेन्टलाई हातपात गरेको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर