अफवाह फैलाएको भन्दै सिबिफिन असन्तुष्ट

काठमाडौं ।  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाविरुद्ध निराधार तथा बदनियतपूर्ण भ्रम फैलाएको भन्दै आपत्ति जनाएको छ ।

आइतबार सिबिफिनले एक विज्ञेप्ती जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनीयतामा ठेस पुग्ने गरी अफवाह फैलाइएको कार्यहरूप्रति आपत्ति जनाएको हो ।

सिबिफिनले मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डकोरुपमा रहेका र सोही बमोजिमको कर्तव्य र भूमिका समेत निर्वाह गर्दै लाखौँ ग्राहकहरूलाई अन्तर्राष्ट्रियकरण बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरूको विरुद्धमा विगत केही दिनदेखि केही व्यक्ति/समूहबाट बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनियतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका गतिविधिहरू बढेको भन्दै ध्यानाकर्षण गरेको छ ।

सबल नियमनकारी निकायको सूक्ष्म निगरानीमा तथा प्रचलित कानुन तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरूका अक्षरशः पालना गर्दै सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूको अत्यन्त सबलीकरण र पारदर्शीरुपमा सञ्चालन हुने सुनिश्चितता गर्न कानुनी व्यवस्था लागू गरिएको तथ्य रहेको सिबिफिनले उल्लेख समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर