म्यानचेस्टर सिटीको अपराजित यात्रा

काठमाडौं ।  म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई १–१ को बराबरीमा रोकेको छ । यससँगै सिटीले आफ्नो घरेलु मैदानमा अपराजित यात्रालाई कायम राख्यो । तर खेलबाट प्राप्त एकै अंकले उसलाई उपाधि होडमा केही कमजोर भने बनाएको छ ।

चेल्सीले रहिम स्टर्लिङको गोलले अग्रता लिएको थियो । यसअघि लिभरपुल र आर्सनल दुवैले आ–आफ्नो खेलमा जित निकालेका थिए । लिभरपुलको २५ खेलबाट ५७ अंक छ र लिग तालिकाको शीर्षमा छ । त्यत्तिकै खेलबाट आर्सनलको ५५ अंक छ र दोस्रो स्थानमा छ । सिटीले एक खेल कम खेलेको छ र ५३ अंकमा तेस्रोमा छ ।

लिभरपुलले ब्रेन्टफोर्डलाई ४–१ ले आर्सनलले बर्नलीलाई ५–० ले हराएको थियो । यस्तै एस्टन भिल्लाले फुलहमलाई १–० ले हराएर चौथो स्थानमा उक्लेको छ । उसको ४९ अंक भयो । टोटनहम भने उल्भ्ससँग २–१ ले पराजित रह्यो र पाँचौं स्थानमा झर्‍यो । यस्तै न्युकासल युनाइटेड र बर्नमाउथले १–१ को बराबरी खेले भने नटिङ्घम फरेस्टले वेस्ट ह्यामलाई २–० ले हरायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर