ट्याक्टरले च्यापिएर चालकको मृत्यु

काठमाडौं ।  सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तिया जङ्गलस्थित सोल्टीमोडमा शनिबार ट्याक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु भएको छ ।

बरहथवाबाट आलु लोडगरी पूर्व–पश्चिमअन्तर्गत नयाँरोडतर्फ आउँदैगरेको ना २ त ७५२५ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक बाराको पचरौता नगरपालिका –५, बस्ने ५० वर्षीय भुवन महतोको मृत्यु भएको हो ।

सडकमा हिँडेका यात्रीले ट्याक्टर पल्टिएको देखेपछि प्रहरीमा खबर गरेका थिए । तत्काल इलाका प्रहरी कार्यालय मूर्तियाबाट खटिएको प्रहरी टोलीले चालक महतोलाई उद्धार गरी ह्याप्पी अस्पताल बरहथवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्याक्टर घटनास्थलमै रहेको छ । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर