नेदरल्यान्ड्समाथि नेपालको शानदार जित

काठमाडौं ।  आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समाथि नेपालले शानदार जित हासिल गरेको छ  । १ सय ३८ रनको सामान्य लक्ष्य पाएको नेपालले नेदरल्याण्डसलाई ९ विकेटले हराएको हो । नेपालले १५.२ ओभरमा १ विकेट गुमाएर १४१ रन बनायो ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका अनिल साह र आसिफ सेखले अर्धशतक बनाए । नेपालका अनिल शाहले ५७ र आसिफ सेखले ५४ नटआउट रन बनाए । ओपनर कुशल भुर्तेलले ११ बलमा २८ रनको आक्रमक पाली खेल्दै आउट भए । भने, डच टिमका विलियन किंग्माले एक विकेट हात पारे । यसअघि, नेदरल्यान्ड्स १ सय ३७ रनमा अलआउट भएको थियो ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेदरल्यान्ड्सले ३९ ओभरमा आलआउट हुँदै १ सय ३७ रन मात्र बनाएको थियो । नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, ललित राजवंशीले १० ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले नेपाललाई खेलमा पहिलो विकेट दिलाउँदा कप्तान रोहित पौडेलले समेत एक विकेट झारे ।

नेदरल्यान्ड्सको इनिङ्समा कप्तान स्कट एडवर्डसले सर्वाधिक ३३ रन बनाए । भने, एडवर्डसलाई भुर्तेलले बोल्ड गरेका थिए । बास डी लिडे २७ र साइब्रान्ड एनगेलब्रेक्टले २३ रनको योगदान दिए । अन्य ब्याटरको प्रर्दशन उल्लेख्य रहन सकेन । नेदरल्यान्ड्सलाई हराउँदै नेपालले लिग टूको तालिकामा २ अंकको खाता खोलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर