विपक्षी नेता नाभाल्नीको मृत्युमा पुटिन जिम्मेवार : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु प्रकरणमा राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेकोआरोप लगाएका छन् । राष्ट्रपति बाइडेनले विपक्षी राजनीतिज्ञको मृत्युको खबरपछि भ्लादिमिर पुटिन जिम्मेवार रहेको टिप्पणी गरेका हुन् ।

पुटिनका प्रवक्ताले नाभाल्नीको मृत्युको कारण खोजी गरिरहेको जनाएको छ तर थप जानकारी दिएको छैन । नाभाल्नीको हिजो मृत्यु भएको खबर सार्वजनिक भएसँगै शोक मनाउन शुभचिन्तकहरू रुसी दूतावास बाहिर भेला भएका छन् । उनीहरूले रुसी राष्ट्रपति पुटिनको आलोचना गरेका बीबीसीले जनाएको छ ।

विभिन्न आरोपमा सन् २०२१ मा जेल सजाय भएका पुटिनका कट्टर आलोचक ४७ वर्षका नाभाल्नीको जेलमा नै निधन भएको कारागार प्रशासनले जनाएको छ । कतिपयले नाभाल्नीमाथि लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएका थिए ।

सन् २०२० मा नाभाल्नीलाई स्नायुमा असर गर्ने नोविचोक दिएर विषाक्त बनाइएको दाबी गरिएको थियो । साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उनी बिरामी भएका थिए । त्यसपछि जर्मनीमा उपचार गराएर रुस फर्किएलगत्तै पक्राउ परेका नाभाल्नी त्यसयता जेलमै थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर