नेदरल्याण्ड्सले नवौं विकेट गुमायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सले नवौं विकेट गुमाएको छ। पहिलो पावर प्लेमा दुई विकेट गुमाएको नेदरल्याण्डसले ३४ दशमलव २ ओभरमा ९ विकेट गुमाएको हो।
नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्डस्को विकेट कु्शल भुर्तेलले लिएका हुन्। उनले स्कटलाई बोल्ड गरेका हुन्। भुर्तेलले व्यक्तिगत तीन विकेट लिएका छन्। टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २७.२ ओभरमा शरिज अहमदमलाई खाता नै खोल्न नदिइ क्लिन बोल्ड गरेका थिए। यतिबेला नेदरल्याण्ड्सले ३५ ओभरको समाप्तिमा ९ विकेट गुमाएर १२७ रन बनाएको छ।
प्रतिक्रिया