मौसम : मुख्यतया देशभर सफा रहने

काठमाडौं  ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ। शनिबार बिहान देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका केही स्थानमा हल्का हुस्सु लागिरहेको छ। आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ। बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार आज राति देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर