राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं ।  राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्य समितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई–मधेस क्षेत्रमा सञ्चालन गरिएको प्रशिक्षणको समीक्षा, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्ययोजना तथा आन्दोलन र बृहत् राष्ट्रवादी मोर्चा निर्माणका बारे छलफल गर्न आजको बैठक बस्न लागेको हो । बैठकमा पार्टी अध्यक्ष कमल थापाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशा बारे धारणा राख्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर