बालकुमारी घटना : प्रतिवेदन सरकारसमक्ष

काठमाडौं । दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीको घटनाका बारेमा छानविन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ ।  आयोगले शुक्रबार छानविन सकेर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री श्रेष्ठले आयोगले मेहनतपूर्वक तयारगरेको प्रतिवेदन कार्यान्वयन गरिने प्रतिवद्धता जाहेर गरे । ईपीएस कोरिया भाषा परीक्षा विवादका क्रममा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

उक्त घटनाको छानविनका लागि सरकारले गत पुस १६ गते उच्च अदालतका पूर्व न्यायायधीश शेखर पौडेलको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले ४४ दिन लगाएर अनुसन्धानपछि सरकारलाई प्रतिवेदन बुझाएको हो । आयोगले उक्त घटनाको छानविनका क्रममा घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिससहित २९ जनाको बयान कागजका आधारमा अनुसन्धान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर