जरायोको सिङसहित तीन जना पक्राउ

काठमाडौं । पोखरामा सरकारी कार्यालय, सङ्घसंस्था तथा व्यक्तिगत नाम उल्लेख गरिएका छाप र जङ्गली जनावरको सिंङ सहित तीन जना पक्राउ परेका छन् ।

पोखरा १९, पुरनचौर घर भई पोखरा ९ नयाँ बजार बस्ने २८ वर्षीय सतिश बाँस्तोला, चिप्लेढुङ्गा बस्ने २५ वर्षीय सुजन गिरी र पोखरा ९ का विवेक श्रेष्ठ छन् । उनीहरू सरकारी छाप कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले २४ थान छाप र जरायोको जस्तो देखिने सिंङ २ थान फेला पारेको छ । छाप बनाउन प्रयोग भएको मेसिन १ थान, मनिटर १ थान, सीपीयू १ थानसहित बरामद गरेको छ । कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।

पोखरा नयाँ बजारमा रहेको ब्लु होम डेकोर पसलमा विभिन्न सरकारी कार्यालयहरु, वडा कार्यालयसमेतका छाप तथा जङ्गली जनावर जरायोको सिङ लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले छापा मारेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर