मौसम : देशका पहाडी भूभागमा आंशिक बदली रहने

काठमाडौं ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ। शुक्रबार बिहान देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने  तराई मधेशका थोरै स्थानमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार आज दिउँसो गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने गण्डकी तथा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर