ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानेर हत्या

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा गोली चल्दा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङ गोली लागेर घाइते भएकी छन् । उनी दामोदर चोकमा ड्युटीमा खटिएकी अवस्थामा गोली चलदा घाइते भएकी र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको थियो। गुरुङकी श्रीमान यमबहादुर झाक्रीले गोली हानेको प्रहरीले जनाएको छ । श्रीमान पनि प्रहरी जवान भएको र श्रीमती पनि प्रहरी सेवामै रहेकी थिइन् । श्रीमान बाँकेमा कार्यरत रहेका थिए ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई गोली हान्न बाँकेको नेपालगन्ज तालिम केन्द्रमा कार्यरत प्रहरी जवान यमबहादुर बिहीबार बेलुका साढे ८ बजेतिर मोटरसाइकल चढेर दामोदर चोक पुगेका थिए। गोली हानेर भाग्दै गरेका यमबहादुरलाई प्रहरीले लमही नगरपालिका–६ अर्जुनखोलाबाट पक्राउ गरेको थियो। उनका साथबाट लोड रहेको बेरेटा नाइन एमएम पेस्तोल १ थान र त्यसमा लाग्ने म्यागेजिन र ७ राउन्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ । गोली हान्नुको कारण विस्तृत रूपमा नखुलेको भए पनि उनीहरूबीच दाम्पत्य सम्बन्ध राम्रो नरहेको प्रारम्भिक अनुसन्धान देखिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लका अनुसार धनमाया यमबहादुरसँग सम्बन्ध विच्छेद गर्ने तयारीमा थिइन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर