माओवादी पार्टीको नाम र चुनाव चिह्न यथास्थितिमा रहने

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने भएको छ । प्रज्ञा भवनमा जारी विधान अधिवेशनमा नेताहरूले उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चिह्न तत्काल नफेर्ने तर आवश्यक परे पछि निर्णय लिने बताए ।

माओवादीमा शहरी क्षेत्रमा पार्टीको संगठन विस्तार गर्न अप्ठेरै भएको भन्दै नेताहरूले नाम र चुनाव चिह्न फेर्नुपर्ने माग राखेका थिए । तर, माओवादी विचार मिल्ने शक्तिसँग एकताको लागि नाम फेर्न तयार रहेको उसले बताउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर