ललितानिवासमा जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत, विजय गच्छदार चोखो

काठमाडौं । ललिता निवासमा जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत हुने भएको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार, जग्गा जफत भए पनि उनीहरुमाथि अरु कुनै सजाय र जरिवाना हुनेछैन ।

विशेष अदालतले ललिता निवास प्रकरणमा मुद्दा चलाइएका मध्ये पूर्वउपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदार र पूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठले सफाइ पाएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवासको १४३ रोपनी जग्गाको कागजात किर्ते गरी व्यक्तिको नाममा गएको भन्दै मुद्दा दायर गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर