ठोस कदम चाल्नुको साटो राष्ट्रसंघीय अधिकारीहरूले अनुदान निलम्बन गर्दा मानवीय सहायतामा कठिनाई भएको दाताहरूलाई सुनाइरहेको छ । यूएन्आरडब्ल्यूएले सहायता निलम्बन गर्ने देशले पुनर्विचार गर्नुपर्ने जनाएको हो । जोर्डनको राजधानी अम्मान पुगेका यूएनआरडब्ल्यूएका सञ्चार निर्देशक जुलियट टुमाले १६ दाता देशहरूले कोष निलम्बन गर्दा सहयतासम्बन्धी निकायलाई सन् २०२४ को लागि अपेक्षित आयको ५१ प्रतिशतभन्दा बढीबाट वञ्चित गर्ने बताए । तौमाले उत्तरी गाजामा अनिकालको चेतावनी समेत दिएका छन् । ६ दिनका लागि केरेम सालोम क्रसिङ बन्द भएयता सहायता प्रवेशमा धेरै प्रतिबन्धहरू रहेको उनले उल्लेख गरेका छन् ।
गाजापट्टीको दक्षिणी क्षेत्र रफाहमा बिग्रँदै गएको अवस्थाबारे बोल्दै तौमाले कम्तिमा मानवीय युद्धविराम हनुपर्ने उनले बताएका छन् । पूर्वाधारको अभाव र दुःखद मानवीय अवस्थाका कारण रफाहमा १४ लाखभन्दा बढी विस्थापितहरूको सुरक्षा चुनौती निरन्तर बढ्दै गएको उनको भनाइ छ । युएनआरडब्ल्यूएका केही कर्मचारी अक्टोबर ७ मा इजरायलविरुद्ध हमासले गरेको आक्रमणमा संलग्न भएको इजरायलले आरोप लगाउँदै आएको छ । आरोपपछि संयुक्त राज्य अमेरिका, बेलायत र क्यानडासहित १६ वटा दाता राष्ट्रहरूले युएन्आरडब्ल्यूएका लागि आफ्नो कोष निलम्बन घोषणा गरेका छन् ।