अमेरिकाको केनसासमा बन्दुक आक्रमणः एक जनाको मृत्यु

काठमाडौं ।  अमेरिकाको केनसास शहरको युनियन स्टेसनमा भएको बन्दुक आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सुपर बाउल प्रतियोगितामा केन्सास शहरका प्रमुखहरुको विजय उत्सव मनाउन आयोजित परेडपछि सो गोलीकाण्ड भएको बताइएको छ ।

गोलीकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले दुई संदिग्घलाई पक्राउ गरेको छ । यस विषयमा थप विवरण भने दिइएको छैन । केनसासको गोलीकाण्ड आतंकवादसँग सम्बन्धित नभएको अधिकारीहरुले बताएका छन् ।

घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ । घटनापछि आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गोलीकाण्डबाट २२ जना प्रभावित भएका छन् । एक जनाको घटनास्थलमै ज्यान गएको थियो भने ८ जना घाइतेको अवस्था अत्यन्तै गम्भीर रहेको र तत्कालै ज्यानै जानसक्ने अवस्था रहेको छ । त्यस्तै अन्य ७ जनाको पनि अवस्था गम्भीर रहेको बताइएको छ । अन्यलाई भने सामान्य चोट लागेको छ । घाइते मध्ये ११ जना बालबालिका समेत रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर