कपिलवस्तुमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मृतकको सनाखत हुन सकेको छैन । राजमार्गको सुरही पुलनजिकै बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । कञ्चनपुरबाट काठमाडौं आउदै गरेको रात्रिबस तीव्र गतिका कारण सडकबाट तल खसेको प्रहरीको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर