आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपालले आज नामिबियासँग खेल्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज नामिबियासँग खेल्दैछ । यी दुई टिमबीचको खेल बिहान ९ः१५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू हुनेछ ।  सिरिजमा दुवै टिम सुखद सुरुवात गर्ने सोचमा छन् । गत संस्करणको लिग–२ मा नेपाल तेस्रो र नामिबिया चौथो भएको थियो । शीर्ष तीनमा पर्दा नेपालले सिधै एकदिवसीय विश्वकप छनोट खेल्न पाएको थियो ।

यसपटक लिग–२ मा आठवटा टिमले प्रतिस्पर्धा गर्दै छन् । जसमध्ये शीर्ष चारमा पर्ने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर