टियुमा उपकुलपति छनोटमा मेरिटोक्रेसी प्रचण्डको नाटक मात्रै :ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले योग्यजतिलाई छाडेर त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिको सर्टलिष्ट बनाएको आरोप लगाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटोक्रेसीको कुरा गरेर गठबन्धनका लागि जस्तोसुकै अनुचित क्रियाकलाप गरिसकेका योग्य साबित नहुनेहरूलाई त्रिविको उपकुलपति बनाउन लागेको जिकिर गरेका हुन् ।

पार्टी निकट विद्यालय संगठन अनेरास्ववियुले पार्टी मुख्यालय च्यासलमा बुधवार आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले दलीय आधारमा उपकुलपति हुँदैनन् भनेर भन्ने प्रधानमन्त्री दाहालले मेरिटोक्रेसीको नाममा ठाडै राजनीतिक दलको सेवा गरेर हिँड्नेहरूलाई त्रिवि उपकुलपतिमा सर्टिङ गरेको भन्दै आक्रोश व्यक्त गरे ।

अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्रीजीले अस्तीनै २/४ पटक खोक्नुभयो । गज्जबसँग खोक्नुभयो । खोकेको भन्छन् के त्यसलाई । कुराले खोकेको नि । उहाँले खोक्नु भयो–अब विश्वविद्यालयमा मेरिटोक्रेसी लगाइन्छ । दलीय आधारमा हुँदैन भनेर । अहिले जुट सर्टलिष्ट उहाँहरूले बनाउनु भएको छ । योग्यजतिलाई छाड्नुभएको छ । गठबन्धनका आसेपासेहरू, वरपर बस्नेहरू, अयोग्य साबित भइसकेकाहरू, अयोग्य हुनेपछि पनि योग्य नहुने, यस्ता ठाउँमा जिम्मेवारी दिन नहुने भनिएकाहरू, नचाहिने काम गरेकाहरू ठाडै राजनीतिक दलका सेवा गरेर हिँड्नेहरू त्यस्ताहरूको सटिङ गरेर अब उहाँको मेरिटोक्रेसी पहिला नै देखियो । गठबन्धनको पक्षमा हुनुपर्ने, गठबन्धनका लागि अनुचित, अपवित्र क्रियाकलाप गरिसकेका प्रमाणितहरू हुनुपर्ने भन्ने देखिसकियो । छानिएका मानिसहरूलाई मैले केही भन्नु छैन । उनीहरू त्यसै गरेर खाई आएका हुन । ठिकै छ । कोही पोखरामै असफल भएका, कोही टियूमै असफल भएका, कोही कुन विश्वविद्यालयमा असफल भएका, त्यस्ता मान्छेहरू फेरि उहाँहरूले नयाँ मान्छेहरू कोही जन्मिएकै छैनन् जस्तो र ठिक ढंगले काम गरेकाहरूले विश्वविद्यालयको छेउमा नै पर्नुहुन्न जस्तो, प्रमाणित रूपमा राम्रो काम गरेका र गर्न सक्ने क्षमता प्रदर्शन गरेका टिक्नै नसक्ने, त्यस्तालाई सर्टलिष्टमै फ्याँकी दिने । अनि मेरिटोक्रेसीको कुरा गर्ने । मैले प्रधानमन्त्रीजीलाई भनेको थिए उहाँले खोकी राखेको बेला । मेरिटोक्रेसीको गफ दिएर हिँड्नुभएको थियो । त्यसबेला मैले भनेको थिए–तपाईँले छनौट समितिबाट बनाउने भन्नुभएको छ । छनौट समिति चाहिँ कस्तो हुन्छ ? कसको बनाउनु हुन्छ ? आफ्नै मान्छे राखेर छनौट समिति बनाउने । उहाँहरू तरिका के गर्नुहुन्छ भने एउटा नाटक मञ्चन गर्नुहुन्छ । अहिले एउटा गैरआवासीय नेपालहरूको ४ वटा अधिवेशन भइसक्यो । जहिले पनि काँग्रेसले लफडा गरेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर