उपत्यकाबाहिर सातवटा मेडिकल खोल्ने तयारी : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले डा. गोविन्द केसीको आन्दोलनपश्चात् सरकारले उपत्यकाबाहिर सातवटा मेडिकल खोल्ने गरेको प्रतिबद्धता कार्यान्वयन चरणमा रहेको बताएका छन् ।

उदयपुरको कटारीस्थित त्रिवेणी माविको ५६औँ वार्षिकोत्सव समारोहमा मन्त्री राईले दुईवटा मेडिकल कलेज स्थापनाको चरणमा रहेको र दुई वटाको विस्तृत परियोजना प्रस्तुत भएको बताए । साथै बाँकी तीन वटाको जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको उनेले जानकारी दिए । “डा. केसीको आन्दोलनपछि आएको अवधारणाअनुसार काम अगाडि बढेको छ, त्यसमध्ये यहाँ एउटा मेडिकल कलेज स्थापना हुन्छ”, उनले भने, “मेडिकल कलेज स्थापनाका लागि कम्तीमा एक सय बिघा जग्गा हुनुपर्छ, अहिले जग्गा खोजीको प्रक्रिया जारी छ ।”

सांसद अम्बरबहादुर रायमाझीले शिक्षा नीति सबैलाई बराबरी हुने गरी ल्याउनुपर्नेमा जोड दिए । कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले यो विद्यालयमा आवासगृह, विद्यालय बस, छात्रावास निर्माणलगायतका लागि मन्त्री राईको ध्यानाकर्षण गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर