माओवादी केन्द्रको विधान अधिवेशन : सुझाव सङ्कलन सम्पन्न

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्नेक्रम आजका लागि सकिएको छ। विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको छ।

सुझाव पेश गर्ने क्रममा कञ्चन खनालले महाधिवेशन प्रतिनिधि पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र शहीद बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिर्यवेक्षकका रुपमा राख्नुपर्ने सुझाव दिए । उनले पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्ने बताए ।

सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, पार्टी र निर्वाचन चिह्न फेर्न सुझाव आएको उल्लेख गर्दै सङ्गठनात्मक सिद्धान्तलाई छोटो बनाउनुपर्ने र पार्टी सदस्य दिँदा सरल बनाउनुपर्ने उनले बताए । उनले निर्वाचन, लेखा र अनुशासनलाई थप अधिकार दिनुपर्ने र महाधिवेशनको मिति स्पष्टरुपमा तोकिनुपर्ने सुझाव रहेको उल्लेख गरे ।

युवराज चौलागाईले प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेश गर्दै पार्टीको स्थायी समिति सदस्य विधानमा उल्लेख गर्न नपर्ने बताए । उनले पार्टीभित्र मात्र नभई सबै तहका सार्वजनिक पदको उम्मेदवार पार्टी सदस्यबाट तय गर्नुपर्ने सुझाव पेश गरे ।

काठमाडौँको कमलाधीस्थित प्रज्ञा प्रतिष्ठानमा मङ्गलबारदेखि सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो। भोलि विभाजित ७ समूहले सुझाव पेश गर्ने कार्यक्रम रहेको छ। बैठक बिहीबार बिहान ११ बजे पुनः बस्नेछ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर