आज नेप्से ५.९१ अंकले वृद्धि

काठमाडौं   नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधबार झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से ५.९१ अंकले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा बन्द भएको हो ।

आज ४ अर्ब २५ करोड २७ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका कम्पनीमध्ये १३२ वटाको बढेको छ भने १११ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल बालाजु लिमिटेड, पाँचथर पावर कम्पनी, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड रहेका छन् । यी कम्पनीहरुमा आज सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, पिपुल्स पावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५.८१ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको १७ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर