सुनिल पौडेल र विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
विशेष अदालतका न्यायाधीश खुसीप्रसाद था्रू, रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई दश दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सेक्युरिट प्रिटिन्ङ’ प्रकरणमा जोडिएका विकल र सुनिललाई पक्राउ गरेको थियो । उनीहरुलाई अकुत सम्पत्ति आर्जनको अनुसन्धान गर्न आयोगले बयानको लागि बोलाउँदा त्यसको उनीहरुले अवज्ञा गरेका थिए । त्यसपछि उनीहरु पक्राउ परेका हुन् ।
प्रतिक्रिया