पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका-६ चिदिसमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। डुम्रेबाट तिनाउको चिदिसतर्फ जाँदै गरेको जिप दुर्घटना भएको तिनाउ गाउँपालिका ६ का वडाध्यक्ष टोमबहादुर पुनले जानकारी दिए । दुर्घटनामा १० जना घाइते भएको छ।

जिप दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए । उनले भने, “जिप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। १० बढी घाइते छन् । उद्धार कार्य जारी छ। उनीहरूलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिँदै छ।” जिप मंगलबार दिउँसो ४ः४५ बजे दुर्घटना भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर