भक्तपुर चाँगुनारायण श्रीमद् भागवत विराट पितृ उद्धार ज्ञानमहायज्ञ–२०८० को आयव्यय सार्वजनिक

भक्तपुर ।  गत आश्विन १० गतेदेखि २० गतेसम्म आयोजित भक्तपुर चाँगुनारायण धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद् भागवत विराट पितृ उद्धार ज्ञानमहायज्ञ–२०८० को आयव्यय सार्वजनिक गरिएको छ ।
छोरीको घर ज्येष्ठ नागरिक आश्रम ताथलीका संरक्षक बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले ताथलीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त आयव्ययको विवरण सार्वजनिक गर्दै भने, “आय रकम एक करोड त्रियासी लाख चौरासी हजार एक सय एकट्ठी रुपैयाँ नगद आम्दानी भएकोमा आश्रम निर्माणार्थ जग्गा किन्न जग्गाधनी अम्बुशर्मा रेग्मीलाई एक करोड छयत्तर लाख एक हजार एक सय अठ्सट्ठी भुक्तानी गरिसकेका छौं ।”
उनले महायज्ञमा भक्तजन तथा दाताहरूबाट प्राप्त सहयोग रकम आश्रम निर्माण गर्न मात्र खर्च गर्ने नीति लिइएको र बाँकी भौतिक तथा आर्थिक सहयोग विस्तारै प्राप्त हुँदै जाने र त्यसैअनुरूप खर्च गर्दै जाने बताए । उनले दाता र सहयोगकर्तालाई उदार हृदयका लागि सम्मान र अभिनन्दन पनि प्रकट गरे । आगामी नववर्ष बैशाख महिनामा आश्रमको जग राख्ने कार्यक्रम रहेको बताउँदै आश्रम भवन पाँच तलाको हुने र त्यसका लागि कुल १० करोड खर्च लाग्ने अनुमान पनि सार्वजनिक गरे ।
संरक्षक बालयोगेश्वर महाराजले आश्रम निर्माण सम्पन्न भइसकेपछि त्यहाँ ५०० सय जनाले आश्रय पाउन सक्ने पनि बताए । उनले हाल ताथलीमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रममा नौजना वृद्धवृद्धालाई निःशुल्क गाँस, बास र कपास एवं स्वाथ्योपचार सुविधा उपलब्ध गराउँदै आएको उल्लेख गरे । एक प्रसंगमा उनले आश्रमलाई राजनीतिक रङ नदिन आग्रह गर्दै भने, “छोरीको घर ज्येष्ठ नागरिक आश्रममा हिन्दु, शिख, इसाई, मुस्लिमलगायत अन्य सम्प्रदायका जो कोही दीनदुखी, बेसहारा महिला, पुरुष तथा बालबालिकाले निःशुल्क आश्रय लिन सक्छन् । अहिले पनि सडक, गाउँघर तथा शहरमा जो कोहीले दीनदुखीहरू देखिएको खण्डमा आश्रममा निःसंकोच खबर गर्दा हुने र आश्रयका लागि बाँकी प्रक्रिया हामीले पूरा गर्नेतर्फ लाग्छौं ।”
संरक्षक बालयोगेश्वर महाराजले ज्ञानमहायज्ञबाट उठेको रकमले महायज्ञ सञ्चालन गर्न रकम अपुग भए पनि सात–आठ लाख रुपैयाँ पूर्ति गर्न आफूहरू संकल्परत् रहेको बताउँदै उनले आफूले पनि कथावाचन गरेर आएको पारिश्रमिक पनि आश्रमको सञ्चालनार्थ खर्च गरेको बताए ।

उनले भने, “ऐतिहासिक महायज्ञलाई घनीभूत रूपमा सफल पारी सम्पन्न गराउन सञ्चारकर्मीहरू सकारात्मक भूमिका रहेको र आयोजक परिवार, आश्रम परिवार, स्थानीय निकाय, नगरपालिका, प्रशासन, आमन्त्रित अतिथि, सबै भक्तजन सज्जन, तथा सम्पूर्ण सहयोगी हातहरूमा अविस्मरणीय योगदानप्रति कृतज्ञता प्रकट गर्दै महायज्ञमा जुन जुन दानवीरहरूले घोषणा गरेका दान रकम यथाशीघ्र उपलब्ध गराई आश्रमलाई सहयोग गर्न सबैमा आह्वान पनि गर्दछु।”
आश्रमले सार्वजनिक गरेको खर्चको विवरण यसप्रकारको छ:–


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर