नेकपा माओवादी केन्द्रको विधान सम्मेलन हुँदै

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको विधान सम्मेलन काठमाडौंमा आजदेखि हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनमा बिहान ११ बजे पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले उद्‍घाटन गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा देशभरिबाट १ हजार ३ सय प्रतिनिधिको सहभागिता रहनेछ ।

सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय संगठनका पदाधिकारीको सहभागिता रहने माओवादी केन्द्रको सचिवालयले जनाएको छ । सम्मेलनले पार्टीको विधान संशोधन गरी टुंगो लगाउनेछ । यसअघि उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा रहेको कमिटीले विधानको मस्यौदा तयार गरी स्थायी समितिले पारित गरिसकेको छ ।

माओवादी केन्द्रले रुपान्तरण अभियानमार्फत् देशभरिका नेता कार्यकर्तासमेतको भावना समेटेर विधानमा संशोधन गर्दै अघि बढ्न चाहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईले बताए । उनका अनुसार सम्मेलनले स्थायी समितिबाट तयार भएको विधानलाई पारित गर्दै कार्यान्वयनमा लैजाने निर्णय गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर