मौसम : देशभर मुख्यतया सफा रहने

काठमाडौं ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे महाशाखाले जनाएको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान महाशाखाको छ। उच्च भूभागमा हिमपात र पहाडी भूभागको मौसम बदली भए पनि आज वर्षाको सम्भावना भने कतै नरहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर