मंगलबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी र अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा थियो।

त्यसैगरी आजको लागि युरो १ को खरिदर १४२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६० पैसा थियो। त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ १९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। हिजो  बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६८ रुपैयाँ १५ पैसा थियो।

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३५३ रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २३ पैसा थियो। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४० पैसा र बिक्रीदर ८६ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा थियो। त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ४६ पैसा थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर