कांग्रेससँगको गठबन्धन फलीफाप नभएको माओवादीको निष्कर्ष

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने अभियान सफल भएको निष्कर्ष निकालेको छ । काठमाडौंमा सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले समग्र रुपमा पार्टीको अभियान सफल भएको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

अभियानका समिक्षा गर्दै माओवादीले कार्यकर्तालाई चार भागमा बिभाजन गरेको छ । शत प्रतिशत खट्ने कार्यकर्तालाई प्रशंसापत्र बितरण गर्ने, ७५ देखि ८० प्रतिशत खट्ने कार्यकर्तालाई धन्यवाद पत्र दिने, ५० देखि ५५ प्रतिशत खट्ने कार्यकर्तालाई निर्देशन पत्र दिने र १५ प्रतिशत भन्दा कम खट्नेहरुलाई स्पष्टीकरण सोधेर कारवाही गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले बताए ।

बैठकले तराई मधेस जागरण अभियान र उत्तर–दक्षिण अभियान चलाउने निर्णय गर्दै यसलाई आन्दोलनका रुपमा बैचारिक बहस गरिने उहाले जानकारी दिए । त्यस्तै बैठकले जवस र मोर्चाहरुले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै जवस र मोर्चाहरुको सम्मेलन गरेर पुनर्गठन गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले बताए ।

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले काँग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको ब्रिफिङ गर्दै कोशी प्रदेशमा काँग्रेसबाट भएको अन्तर्घात र विभिन्न घटनाक्रमहरूले गठबन्धन लाभदायक बन्न नसकेको बताएको थियो । उनले कूटनीतिक क्षेत्र प्रभावकारी भएको र आर्थिक क्षेत्रमा व्यापक परिवर्तन ल्याउनुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले बताए । बैठकमा विधान सम्मेलनबारे पनि छलफल भएको छ । माओवादीको विधान सम्मेलन फाल्गुन १ देखि ३ गतेसम्म चल्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर