पत्रकार गिरीलाई सम्मान

भक्तपुर, २९ माघ । साहित्य एवं पत्रकारितामा लामो समयदेखि योगदान पुर्या्उने
साहित्यकार एवं पत्रकार भक्तपुर समाचारदाता रमेश गिरी “आशा’लाई नगद रु. ५०००
हजारसहित सम्मान गरेको छ ।

त्रिपुरा न्यूजले आयोजना गरेको गजलकार बिकास प्रहर र गजल गायक एवं संगीतकार राज
सागको एकल गजल साँझ–२०८० मा वागमति प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सम्मान पत्र,
कार्यक्रमका सभापति रामसुन्दर खायजुृले दोसल्ला तथा त्रिपुरा न्यूजका प्रकाशक बिकास
प्रहरद्धारा माला लगाई नगद प्रदान गर्दै सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठले समाचारको माध्यमबाट भक्तपुरलाई चिनाउन
क्रियासिल रहँदै आएका राससकर्मीको योगदानलाई कार्यक्रमले मूल्यांकन गरेको भन्दै
समाचारमा सत्य, तथ्य र वास्तविकताको पहिचानलाई रासस र राससकर्मीले कायम राख्दै आएको
बताए ।

कार्यक्रममा त्रिपुरा न्यूजका प्रकाशक विकास प्रहरले साहित्य र पत्रकारितामा निरन्तर कलम
चलाउँदै आएका श्रष्ठा एवं पत्रकारलाई सम्मान गर्ने सुरुवात त्रिपुरा न्यूजले गरेको
बताए ।

कार्यक्रममा गजलकार प्रहरले नौ वटा गजल वाचन गरेका थिए भने गायक सागरले
पाँच वटा गजल गाएका थिए  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर