अरुण चौधरीलाई थुनामुक्त गर्न आदेश दिने न्यायाधीशको मुगु सरुवा

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको सरुवा भएको छ ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई दुई दिनमै अनुसन्धान नसकी रिहा गर्न आदेश दिएपछि न्यायाधीश आचार्य विवादित बनेका थिए ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आचार्यलाई हिजो नै मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् । आचार्यले आदेशमा हजारौँलाई रोजगारी दिएको र अभिभावक रहेको भन्ने शब्द समेत प्रयोग गरेका थिए ।

दुई दिनमा अनुसन्धान नसके स्वतः रिहा हुने भन्ने न्यायाधीश आचार्यको आदेशलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत न्यायिक इतिहासकै पहिलो अनौठो आदेश भन्दै प्रतिक्रिया दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर