‘मायोसाइटिस’बाट सञ्चो भएकी सामन्थाले हेल्थ पोडकास्ट चलाउने

काठमाडौं । साउथकी चर्चित अभिनेत्री सामन्था प्रभु ७ महिनाको ब्रेकपछि काममा फर्किएकी छिन्। उनले आफ्नो कमब्याकको घोषणा गर्दै हेल्थ पोडकास्ट समेत चलाउने बताएकी छिन्।

स्वास्थ्यमा समस्या आएपछि उपचार गरेर उनले कामबाट ब्रेक लिएकी थिइन्। ३६ वर्षीया अभिनेत्री सामन्थाले आइतबार सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी छिन्। जहाँ भनेकी छिन्, ‘हो म अन्तत: काममा फर्किएर आएकी छु। यत्रो समय म कामबिहीन थिएँ। म मेरो एक साथीसँग मिलेर गजब गर्न गइरहेकी छु। त्यो एक हेल्थ पोडकास्ट हुनेछ।’

उनी त्यसलाई लिएर आफू भावुक र उत्साहित रहेको बताएकी छिन्। जुन आगामी हप्ता रिलिज हुनेछ। ‘मलाई विश्वास छ, तपाईंलाई यो निकै उपयोगी लाग्नेछ। यसमा मलाई काम गर्न निकै रमाइलो लागेको छ,’ उनले भनेकी छिन्।

सामन्था सन् २०२२ देखि अटोइम्युन कन्डिसन (मायोसाइटिस)सँग जुधिरहेकी थिइन्। त्यसको उपचारपछि उनले कामबाट ब्रेक लिएकी थिइन्। सामन्थाको फिल्म ‘खुशी’पछि कुनैपनि रिलिज भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर