भारतलाई हराउदै अस्ट्रेलियाले जित्यो यू-१९ क्रिकेट विश्वकपको उपाधि

काठमाडौं । आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ । दक्षिण अफ्रिकामा आइतबार सम्पन्न फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले चौँथोंपटक विश्वकपको उपाधि हात पारेको हो ।

फाइनलमा अस्ट्रेलियाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ४३ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ७४ रनमात्र बनाउन सक्यो । भारतका लागि आदर्श सिंहले सर्वाधिक ४७ रन बनाए । अस्ट्रेलियाका माहली बियर्डम्यान र राफ म्याकमिलनले समान ३-३ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अस्ट्रेलियाले भने निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५३ रन बनायो । अस्ट्रेलियाका लागि हर्जस सिंहले सर्वाधिक ५५ तथा कप्तान ह्युज वेबगेनले ४८ रन बनाए । भारतका राज लिम्बानीले ३ तथा नमन तिवारीले २ विकेट हात पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर