प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई हरायाे, आर्सनलसँग वेस्टह्याम पराजित

काठमाडौं ।  इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई हराएको छ । म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लालाई २–१ गोलले हराएको हो । जितपछि युनाइटेड २४ खेलमा ४१ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । भिल्ला भने समान २४ खेलमा ४६ अङ्कसहित युनाइटेडभन्दा एक स्थान माथि पाँचौँ स्थानमा छ ।

यस्तै, हिजै भएको अर्को खेलमा आर्सनलले वेस्ट ह्यामलाई ६–० ले हराएकाे छ । जितपछि आर्सनल २४ खेलमा ५२ अङ्कसहित तेस्रो स्थानमा यथावत छ । ५२ अङ्कसहित एक खेल कम खेलेको म्यानचेस्टर सिटी दोस्रो छ । पहिलो स्थानमा रहेको लिभरपुलको २४ खेलमा ५४ अङ्क छ । वेस्ट ह्याम भने २४ खेलमा ३६ अङ्कसहित आठौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर