दुर्गा प्रसाइँको योजनामाथि तुषारापात, पूर्वराजा ज्ञानेन्द्र शाह बसन्तपुर नजाने

काठमाडौं ।  मेडिकल व्यवसायी एवं हिन्दु राष्ट्र पुनःस्थापनाका अगुवाई दुर्गा प्रसाइँको फागुन १ गते काठमाडौंको वसन्तपुरमा आयोजना गरिने कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी नहुने भएका छन् । योसँगै प्रसाइँको पूर्वराजालाई कार्यक्रममा शरीक गराउने योजनामाथि तुषारापात भएको छ । पूर्वराजा हिजोदेखि चितवन भ्रमणमा गएका हुन् ।

शाह केही दिन चितवनमै बस्ने र प्रसाइँले निम्ता दिएपनि राजा सबैको साझा भन्ने सिद्धान्तअनुसार पूर्वराजा एकपक्षीय कुनैपनि कार्यक्रममा शरीक नहुने र यदि शरीक भइहालेको खण्डमा पूर्वराजाले अहिलेसम्म प्रदर्शित समानताको व्यवहारमा आँच आउन सक्ने र छवि खण्डित हुने आँकलन गरी उनी प्रसाइँको कार्यक्रममा सहभागी नहुने निर्णय गरेको उनी निकटस्थ सूत्रको दावी छ । पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजा चितवनको विभिन्न स्थानको भ्रमणका सिलसिलामा गएको र उनको चितवन यात्रा आकस्मिक नभई केही साताअघि नै तय भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर