सांसद रविको प्रश्न आरजु राणा र मञ्जु खाँणबारे के भयो ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहले आरजु देउवा र मञ्जु खाणको नाम मुछेकोबारे अनुसन्धान के भयो ? भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रश्न सोधेका छन् । आज आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उक्त प्रश्न गरेका हुन् । त्यसको जवाफमा गृहमन्त्री श्रेष्ठले सो प्रकरणमा दोस्रो चरणको अनुसन्धानबाट थप प्रमाण नआएको जिकिर गरे ।

गृहमन्त्री श्रेष्ठलाई रविको प्रश्न थियो–‘ “अडियो बाहिर आए अनुसारका हाइप्रोफाइल अनुसन्धान दायरमा किन आएनन् ?’ जवाफमा मन्त्री श्रेष्ठले अडियोमा नाम लिएकै भरमा प्रमाण नभेटिँदै अनुसन्धान नहुने जिकिर गरे । रविले बाँसबारी जग्गा प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीको पनि नाम मुछिएको भन्दै बयान लिइयो त ? भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर