ओलीमा धार्मिक शृङ्गारिक परिवर्तन ? शालीनदी दर्शन !

काठमाडौं । काठमाडौं । धर्मलाई अफिम मान्ने वामपन्थी साहित्य अंगीकार गर्दै आएका एवं कुनैपनि धर्म नमान्ने, जीवनभर नास्तिक विचारबाट ओतप्रोत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिन्दु धर्मको माघ महात्म्यअन्तर्गत श्रीस्वस्थानी परमेश्वरी विराजमान रहेको पवित्र शंखरापुर (साँखु) स्थित आइतबार शालीनदी पुगेका छन्। उनले त्यहाँ स्वागतसत्कारमात्र पाएनन् पक्का सनातनी भएर देवदेवीको पूजा आराधनासमेत गरे ।
उनको पछिल्लो हिदुत्व प्रेमप्रति स्वयं सनातनी धर्मावलम्बीहरूले पुर्पुरोमा हात हालेका छन् । हे प्रभु यो के भएको होला भने । ओलीमा केही वर्ष यता आकस्मिक रूपमा देखिएको धार्मिक प्रवृत्तिमा आएको परिवर्तनबाट सनातनी धर्मगुरुहरू ओली उकालो लागेका हुन् कि ओरालो लागेका हुन् भन्ने कुरा ठम्याउन हम्मे हम्मे परेको बताउँछन् ।
भाषणमा टुक्काहरू जोडेर श्रोताहरूको मनमस्तिष्कमा तजोताजा रहिरहने नेता ओलीको शालीनदी धार्मिक यात्रा भने यो पहिलो होइन । यसअघि उनले पशुपतिनाथमा स्थापित जलहरीमा सुन अर्पण गर्ने, साउन महिनामा डोलेश्वरमा सपत्नीसहित सन्ध्याकालीन आरती गर्ने, स्वनिवास बालकोटमा शास्त्रीय संगीतको रस्वास्वादन गर्ने, हिन्दु मठमन्दिरमा जाँदा अनुशासनतः गेरुवस्त्र धारण गर्नेलगायत थुप्रै पूर्वीय हिन्दु संस्कारअन्तर्गतका अनुष्ठानको आयोजनामा श्रीवृद्धि गर्ने कार्यमा अतुलनीय एवं अविस्मरणीय योगदान पुर्‍याउँदै आएको उनीनिकट सूत्रले उल्लेख गर्न कदापि, बिर्सेको छैन ।
ज्ञातब्य छ कि, नेपालको पछिल्लो राजनीतिमा बढ्दो धर्मनिरपेक्षताको विरोध, नेपाललाई सनातन हिन्दुराज्य बनाउनुपर्ने चर्को आवाजबाट कतै भोट बैंकमा घाटा पर्ने डरले ओलीले काँचुली फेर्न लागेको त होइन भनी ? माथापचिङ्गल गर्दै उनकै पार्टीका नेताहरू रनभूल्लमा पर्न थालेका छन् । हुन त नेपालमा पञ्चायती व्यवस्था कायम रहँदा त्यसकाविरुद्ध नेपाली समाजमा विद्यमान धार्मिक, चाडपर्व र संस्कृतिको प्रयोग र उपयोग गरी पञ्चायती व्यवस्थालाई ढाल्नुपर्छ भन्ने दशै, तिहार, छठलगायतका पर्वमा भाग लिएको अथवा संस्कृतिको संरक्षणार्थ भाग लिएको वा संगठन विस्तार गर्न जनसम्पर्कमा तल्लीन हुने मूल सिद्धान्तको जगमा उभिएको पार्टी नेकपा मालेका ओली छात्र हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर